कपिलवस्तु बस दुर्घटना: मृतहको संख्या ९ पुग्यो [अपडेट]
lokaantar.com
कपिलबस्तु बस दुर्घटनामा ज्यान गुमाउनेको संख्या ९ पुगेको छ । दुर्घटनामा हालसम्म ९ जनाको मृत्यु पुष्टि भएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रमुख प्रहरी उपरीक्षक (एसपी) नवरत्न पौडेलले लोकान्तरलाई जानकारी दिए । उनका अनुसार मृतकको सनाखत भइसकेको छैन ।
कञ्चनपुरको महेन्द्रनगरबाट काठमाडौं जाँदै गरेको सुप ०२–००१ ख ००९८ नम्बरको बस पूर्वपश्चिम राजमार्गअन्तर्गत कपिलवस्तु शिवराज नगरपालिका-१ सुरइना खोलामा गएराति दुर्घटना भएको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)