दसैँ र तिहारबीचको सेयर कारोबार : पाँच दिन लगानीकर्तामा उत्साह, बजार उही विन्दुमा
baahrakhari.com · Wed Oct 30 15:56:00 UTC 2024

काठमाडौं । दसैँको बिदाभन्दा अघिल्लो दिन नेप्से परिसूचक २,६६८.१७ विन्दुमा पुगेर बन्द भएको थियो । तिहार बिदाअघिको अन्तिम कारोबार दिन बुधबार पनि बजार सोही विन्दु नजिकै आएर बन्द भयो । नेपाल स्टक एक्सचेन्ज (नेप्से)का अनुसार बुधबार धितोपत्र दोस्रो बजार मापक नेप्से परिसूचक २,६७७.६२ विन्दुमा बन्द भएको हो ।
दसैँपछि असोज २९ गते बजार खुल्दा लगानीकर्तामा उत्साह देखिएको थियो । सो दिन बजार २७ सयकै विन्दुमा बन्द भएको थियो । त्यसपछिका दुई कारोबार दिनको अवधिमा बजार २,७८० विन्दुसम्म पुग्यो । तर, अहिले बजार दसैँअघिकै कारोबार दिनको विन्दु नजिकै छ ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)