मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

दश दिनको फरकमा चार गैँडा मृत

barnanmedia.com · Thu Oct 31 02:01:08 UTC 2024

काठमाडौँ, १५ कात्तिकः दश दिनको फरकमा चितवन राष्ट्रिय निकुञ्जमा चार वटा गैँडा मृत फेला परेका छन् । निकुञ्जले बुधबार प्रेस विज्ञप्ति जारी गरेर कात्तिक ५ देखि १३ गतेसम्म चार वटा गैँडा मृत फेला परेको जनाएको हो ।

कात्तिक ५ गते निकुञ्जको मध्यवर्ति क्षेत्रमा पर्ने पूर्वि नवलपरासीको मध्यविन्दू नगर पालिकामा रहेको दाउन्नेदेवी सामुदायिक बन क्षेत्रमा अन्दाजी २० वर्षको पोथी, कात्तिक ६ गते निकुञ्ज भित्रकै कोलकता टापुमा उमेर नखुलेका एउटा बच्चा र एउटा बयस्क गैँडा र कात्तिक १३ गते निकुञ्जको भिम्ले पोष्ट नजिकको पोकली घोलमा २५ वर्षको पोथी गैँडा मृत फेला परेको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)