सुरेशको जोडी भेट्रान ब्याडमिन्टन फाइनलमा
ekantipur.com · Tue Jan 17 16:21:48 GMT 2023
काठमाडौँ — तेस्रो यलम्बर कप तथा प्रथम राष्ट्रव्यापी भेट्रान ब्याडमिन्टन च्याम्पियनसिपमा ललितपुरका सुरेश बस्नेत र इमाडोल ब्याडमिन्टन स्पोर्ट्स क्लबका दिलबहादुर कदङ्वाको जोडी फाइनल पुगेको छ ।
उनीहरूको जोडीले एपीएफका बलराम लामिछाने र प्रेमकुमार श्रेष्ठको जोडीलाई २१–१७, २१–८ को सोझो सेटमा पराजित गर्दै फाइनल यात्रा तय गर्यो । अर्को सेमिफाइनलमा आयोजक नखिपोट युथ क्लबका पूर्ण बुढाथोकी र कुमार राईको जोडीले कीर्तिपुरका पूर्णचन्द्र जोशी र राजु महर्जनको जोडीलाई २१–१५, १८–२१, २१–१९ ले हराएर फाइनल तय गर्यो ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)