मुख्य सामग्रीमा जानुहोस्

समाचार

स्वास्थ्य

अन्नपूर्ण केबलकार परीक्षणको तयारीमा

karobardaily.com · Fri Nov 26 00:43:53 GMT 2021

पोखरामा अन्नपूर्ण केबलकारको केही दिनमा परीक्षण हुने भएको छ । कोभिड महामारीका कारण निर्धारित मितिभन्दा केही ढिलो गरी केबलकार परीक्षण हुन लागेको अन्नपूर्ण केबलकारका निर्देशक एवं सञ्चालक तीर्थराज त्रिपाठीले बताए ।

जडान भएका गोन्डला (यात्रु बोक्ने डिब्बा) र टावरहरुको परीक्षण गर्न जापानबाट ७ सदस्यीय प्राविधिक टोलीले धमाधम काम गरिरहेको निर्देशक त्रिपाठीले जनाए । उनले भने, “अब हामीले अंग्रेजी नयाँ वर्षदेखि अनौपचारिक रुपमा केबलकार सञ्चालन गर्छौं । फेब्रुअरीदेखि व्यावसायिक रुपमै केबलकार सञ्चालन हुने गरी तयारी गरेका छौं ।”

स्रोतमा पूरा पढ्नुहोस् (karobardaily.com)