‘सेतो हात्ती’ बन्न सक्छ पोखरा विमानस्थल
ekantipur.com · Mon Aug 15 01:03:22 GMT 2022
पोखरा — नागरिक उड्डयन प्राधिकरण (क्यान) को निर्णयलाई आधार मान्ने हो भने आगामी पुस १७ बाट पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आउने छ । निश्चित ‘बिजनेस प्लान’ बिनै आएको सरकारी घोषणाले पोखरामा भने उल्लासभन्दा बढी संशय पैदा गरेको छ ।
सन् २०१७ जुलाई ११ मा निर्माण सुरु भएको राष्ट्रिय गौरवको आयोजना सन् २०२१ जुलाई १० मा सकिनुपर्ने हो । कोरोना महामारीका कारण एक वर्ष म्याद थपियो । तैपनि काम नसकिएपछि आगामी डिसेम्बरसम्म म्याद लम्ब्याइएको छ । हाल ९८ प्रतिशत काम सकिएको भनिएको विमानस्थल पुस १७ (जनवरी १) बाट सञ्चालन आउने भनिए पनि तोकिएको मितिमै अन्तर्राष्ट्रिय उडान हुनेमा पोखराकै सरोकारवाला विश्वस्त छैनन् । विश्वस्त हुन नसकिने पहिलो कारणमा पर्छ, पोखराको ल्यान्डफिल साइट व्यवस्थापन । अर्को हो, रिट्ठेपानी डाँडा कटान ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)