मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

बजेट चलखेल प्रकरण : जेठको सीसीटीभी माग्दा दिए असारको, बयान लिँदै समिति

annapurnapost.com · Mon Jul 18 00:21:00 GMT 2022

काठमाडौं : तत्कालीन अर्थमन्त्री जनार्दन शर्माले अनधिकृत व्यक्तिको प्रवेश गराएर बजेटमा करका दरमा चलखेल गरेकोबारे छानबिन गर्न संसदीय विशेष समिति गठन भएको १२ दिन पुग्यो । तर, अझै प्रमाण हात पार्न सकेको छैन। जबकि प्रतिनिधिसभाले समिति गठन भएको १० दिनमा प्रतिवेदन बुझाउन निर्देशन दिएको थियो। बजेट चलखेल प्रकरणमा तत्कालीन अर्थमन्त्री शर्माले राजीनामा दिएकै दिन असार २२ गते छानबिन समिति गठन गरिएको थियो। समितिले असार २७ मा काम थालेको थियो।

गत बुधबार जेठमा राजश्व दर निर्धारण गर्ने क्रममा अनधिकृत व्यक्तिको प्रवेश भएको अवधिको सीसीटीभी फुटेज तथा कागजात उपलब्ध गर्न समितिले पत्र पठाएको थियो। अर्थ मन्त्रालयले बिहीबार दिएन । शुक्रबार सीसीटीभीको हार्ड ड्राइभ दियो। तर, त्यो जेठको नभई असारको भएकाले अझै छानबिनको प्रमाण नजुटेको समिति सदस्य सीताराम महतो बताउँछन्। उनका अनुसार जेठको सीसीटीभी माग्न समितिले आइतबार फेरि पत्र पठाएको छ।

स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)