मुख्य सामग्रीमा जानुहोस्

समाचार

Local

अफगान नागरिकलाई रोक्न नाकामा कडाइ

ekantipur.com · Tue Nov 02 00:54:52 GMT 2021

कञ्चनपुर — भारतीय बाटो हुँदै अफगान नागरिक भित्रिन सक्ने भन्दै कञ्चनपुरका नाकाहरुमा कडाइ गरिएको छ । गड्डाचौकी र गौरीफन्टा नाकामा भारतबाहेक तेस्रो मुलुकका नागरिक भित्रिन सक्ने भएकाले कडाइ गरिएको प्रहरीले जनाएको छ ।

अफगान र रोहिंग्या शरणार्थी भित्रिन सक्ने भएकाले केही दिनदेखि कडाइ गरिएको सशस्त्र प्रहरीको झलारीस्थित ३५ नं. गणका एसपी वीरेन्द्र ऐरले बताए । भारतीय नागरिकको हकमा यसअघि नै पीसीआर परीक्षण अनिवार्य गरिएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)