बागलुङका ३० हजार बालबालिका र किशोरकिशोरीलाई दादुराविरुद्धको खोप लगाइने
nagariknews.nagariknetwork.com · Fri Jun 12 05:52:57 GMT 2026

यहाँका ३० हजार बालबालिका र किशोरकिशोरीलाई दादुराविरुद्धको खोप लगाइने भएको छ। बितेको केही महिना अगाडि ढोरपाटन नगरपालिकामा महामारीको रूपमा फैलिएको दादुराको जोखिम कम गर्न छिमेकी पालिकाहरूमा समेत खोप अभियान सञ्चालन गर्न लागिएको प्रदेश जनस्वास्थ्य कार्यालय बागलुङले जनाएको छ।
बागलुङका तमानखोला गाउँपालिका, निसीखोला गाउँपालिका, बडिगाड गाउँपालिका र गलकोट नगरपालिकाका ३० हजार बालबालिकालाई असार १ गतेदेखि दादुराविरुद्धको खोप लागउने प्रदेश जनस्वास्थ्य कार्यालय बागलुङका प्रमुख प्रविण शर्माले बताए। ‘गत फागुनमा ढोरपाटनमा महामारीको रूपमा फैलियो, अहिले त्यो नियन्त्रणमा त आएको छ तर पूर्ण नियन्त्रणमा आएको मान्नका लागि ४२ दिनसम्म कुनै पनि संक्रमण नभेटिएको हुनुपर्ने भन्नेछ,’ उनले भने, ‘ढोरपाटनमा नियन्त्रण भएपछि पछिल्लो समय निसीखोलाबाट हप्ता दश दिनमा फाट्टफुट्ट आएको छ। यसले गर्दा पनि हामी अब सतर्क हुनुपर्ने देखिएको छ।’
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)