चिनियाँ जनकंग्रेसका अध्यक्ष चारदिने भ्रमणमा सोमबार काठमाडौं आउँदै
nayapatrikadaily.com · Sun Sep 11 00:11:00 GMT 2022
सभामुख अग्निप्रसाद सापकोटाको निमन्त्रणामा चीनका राष्ट्रिय जनकंग्रेसको स्थायी समिति अध्यक्ष ली चाङसु सोमबार नेपाल भ्रमणमा आउँदै छन् । चारदिने नेपाल भ्रमणमा आउन लागेका चीनका राष्ट्रिय जनकंग्रेसको स्थायी समिति अध्यक्ष लीले उच्चस्तरीय भेटघाट गर्ने कार्यसूची छ ।
राष्ट्रिय जनकंग्रेसको स्थायी समिति अध्यक्ष ली र सभामुख सापकोटाबीच गत २४ चैतमा भएको भर्चुअल संवादमा आपसमा अनुकूल समयमा भ्रमण गर्ने निम्तो आदानप्रदान गरेका थिए । दुवै मुलुकका विधायिकीबीच यस्ता भ्रमण र विचार आदानप्रदानले थप घनीभूत सम्बन्ध स्थापना हुने उनीहरूको निष्कर्ष थियो । सभामुख सापकोटाको निमन्त्रणाअनुसार परराष्ट्र मन्त्रालयले भ्रमणको प्रक्रिया सुरु गरेको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (nayapatrikadaily.com)