लागुऔषधसहित विभिन्न जिल्लाबाट ३३ जना समातिए
nagariknews.nagariknetwork.com · Fri Jun 12 05:58:53 GMT 2026

नियमित गस्तीमा रहेको प्रहरी टोलीले मुलुकका विभिन्न भागबाट लागुऔषधसहित ३३ जनालाई पक्राउ गरेको छ।
केन्द्रीय प्रहरी समाचारकक्षका अनुसार काठमाडौंबाट आठ, ललितपुरबाट छ, जुम्लाबाट चार, सुर्खेतबाट तीन, मोरङ, सिन्धुपाल्चोक, तनहुँ, रुपन्देही र बाँकेबाट दुई÷दुई तथा सिरहा र कैलालीबाट एक÷एक जना पक्राउ परेका हुन्।
प्रहरीले उनीहरुबाट लागुऔषध खैरोहेरोइन र गाँजा तथा चिकित्सकको सिफारिसमा मात्र खरिद गर्न पाइने औषधि डाइजेपाम, फेनारगन, बुप्रेनोर्फिन, प्रोमेथाजाइन, स्पास्मो र ट्रामाडोल बरामद गरेको छ।
Follow @nagarik_news
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)
काठमाडौँ