पाँचथरको फाल्गुनन्दमा कांग्रेसका आङदेम्बे विजयी
ekantipur.com · Mon May 16 18:05:32 GMT 2022
पाँचथर — पाँचथरको फाल्गुनन्द गाउँपालिका अध्यक्षमा नेपाली कांग्रेसका बृजहाङ आङदेम्बे निर्वाचित भएका छन् । कांग्रेस पाँचथरका उपसभापति रहेका आङदेम्बेले नेकपा एमालेका उम्मेदवार वीरबहादुर कुरुम्वाङलाई १ हजार ९६ मत अन्तरले राजित गरेका हुन् । आङदेम्बेले ५ हजार ७ सय ३९ मत प्राप्त गर्दा कुरुम्वाङले ४ हजार ४ सय ४३ मत पाएका छन् ।
आङदेम्बेसँग पराजित कुरुम्वाङ २०७६ सालमा सम्पन्न स्थानीय तहको उपनिर्वाचनमा आङदेम्बेलाई नै पराजित गरेर सो गाउँपालिकाको अध्यक्ष बनेका थिए ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)