ओली, लेखक र गुरुङलाई पक्राउ गर्ने तयारीमा गृहमन्त्री
bishowkhabar.com · Fri Jun 12 06:07:28 GMT 2026

काठमाडौं– जेनजी आन्दोलनका क्रममा भएको भनिएको मानवअधिकार उल्लंघन प्रकरणमा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली, तत्कालीन गृहमन्त्री रमेश लेखक र तत्कालीन सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङ विरुद्ध कारबाही अघि बढाउन सरकारले कानुनी विकल्पहरूको खोजी सुरु गरेको छ ।
राष्ट्रिय मानवअधिकार आयोगले तीनै जनालाई मानवअधिकार उल्लंघनमा संलग्न रहेको ठहर गर्दै कारबाहीका लागि सिफारिस गरेपछि सरकारले त्यसलाई कार्यान्वयन गर्ने कानुनी आधारबारे अध्ययन थालेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (bishowkhabar.com)
काठमाडौँ