मुख्य सामग्रीमा जानुहोस्

समाचार

मनोरञ्जन

सिकर्मीको अन्तिम काम

nayapatrikadaily.com · Thu Jul 06 00:30:00 GMT 2023

एक सिकर्मीले बनाएका काठका कलात्मक घरको टाढा–टाढासम्म चर्चा हुने गथ्र्यो । सिकर्मी दिनदिनै वृद्ध हुँदै गए । वृद्धावस्थाका कारण एक दिन उनले सोचे– जिन्दगीमा धेरै काम गरियो । अलि–अलि धनसम्पत्ति पनि कमाइयो । अब कामबाट छुट्टी लिएर बाँकी जिन्दगी परिवारसित रमाइलो गरी बिताउँछु । अर्को दिन सिकर्मी ठेकेदारकहाँ पुगे । उनले भने– ठेकेदारसाब, मैले वर्षौंसम्म हजुरको सेवा गरेँ । सकेसम्म राम्रो गर्ने कोसिस गरेँ । अब म वृद्ध भएँ । त्यसैले, अब कामबाट अवकाश लिएर परिवारसँग बाँकी जिन्दगी बिताउन चाहन्छु । मलाई अवकाश दिनुपर्‍यो ।

ठेकेदार सिकर्मीलाई निकै मान्थे । त्यसैले, अवकाशको माग सुन्दा उनी केही दुःखी त भए । तर, सिकर्मीको उमेर र उनले विगतमा गरेको काम सम्झेर उनी सिकर्मीलाई निराश बनाउन चाहन्नथे । उनी एकैछिन मौन रहे र सिकर्मीसित भने । ठिक छ, तिमीले मेरो धेरै सेवा गरेका छौ । त्यसैले, म तिमीलाई दुःखी तुल्याउन चाहन्नँ । तर, तिमीले अवकाश लिनुअघि मेरो एउटा अन्तिम काम गरिदिनुपर्छ ।

स्रोतमा पूरा पढ्नुहोस् (nayapatrikadaily.com)