मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

तनहुँको देवघाट वन डढेलोको उच्च जोखिममा

rajdhanidaily.com · Tue May 19 10:07:31 GMT 2026

तनहुँ । तनहुँ जिल्लाका १० स्थानीय तहमध्ये डढेलोका हिसाबले देवघाट गाउँपालिका सबैभन्दा बढी जोखिममा रहेको पाइएको छ । डिभिजन वन कार्यालयका अनुसार पछिल्लो एक दशकको तथ्याङ्कले देवघाटलाई सबैभन्दा संवेदनशील क्षेत्रका रूपमा देखाएको हो ।

डिभिजन वन कार्यालयका प्रमुख मनोज रानाभाटका अनुसार देवघाट गाउँपालिकामा पछिल्ला १० वर्षमा ४६ पटक वन डढेलो लागेको छ । यो जिल्लाकै सबैभन्दा उच्च हो । उनका अनुसार अन्य स्थानीय तहमा पनि डढेलोका घटना देखिए तापनि देवघाटमा यसको आवृत्ति अत्यधिक रहेको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)