राजा ज्ञानेन्द्रले धेरै पटक भेट्ने प्रयास गरे, याद आउँछ कि भनेर कालो ड्रेस लगाएर आएँ : ठाकुर
ratopati.com · Tue May 19 10:39:18 GMT 2026

काठमाडौँ । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का अध्यक्ष महन्थ ठाकुरले नेपालमा राजतन्त्र फर्किन सक्ने सङ्केत गर्दै कालो पोसाक लगाएर संसद्मा आफ्नो विरोध जनाएका छन् । राष्ट्रिय सभाको मंगलबारको बैठकमा अध्यक्ष ठाकुरले देशमा राजतन्त्र फर्किन लागेको सङ्केत गर्दै सांकेतिक रूपमा कालो पोसाक प्रदर्शन गरेका हुन् ।
अध्यक्ष ठाकुरले पूर्वराजा ज्ञानेन्द्र शाहले आफूसँग पटक–पटक भेट्ने प्रयास गरेको खुलासा गर्दै सोही प्रयोजनका लागि आफूले कालो पोसाक लगाएर आएको रोचक टिप्पणी गरे । सामान्यतया विरोधका लागि कालो वस्तु वा कपडा प्रयोग गरिने भए पनि अध्यक्ष ठाकुरले पूर्वराजासँगको भेटप्रति व्यङ्ग्यात्मक शैलीमा टिप्पणी गरेपछि उनको यो अभिव्यक्ति र कालो पोसाकलाई राजनीतिक वृत्तमा निकै अर्थपूर्ण रूपमा हेरिएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)