जेठ १३ गतेसम्म आयोजना बैंकमा आयोजना इन्ट्री खुला
ratopati.com · Tue May 19 10:08:51 GMT 2026

काठमाडौँ । सरकारले बजेट सार्वजनिक गर्नु भन्दा दुई दिन अगाडिसम्म आयोजना बैंकमा आयोजना इन्ट्री गर्न पाउने भएको छ। राष्ट्रिय योजना आयोगले एक सूचना जारी गर्दै सरकारले बजेट सार्वजनिक गर्नु दुई अघिसम्म पनि आयोजना बैंकमा आयोजना इन्ट्री गर्न पाउने गरी समय थप गरेको हो।
योजना आयोगले यो वर्ष मन्त्रालयहरूलाई सहज सुविधा दिएको छ । आयोगले विभिन्न मन्त्रालय/निकायको अनुरोध, पृष्ठपोषणसमेतलाई मध्यनजर गरी आगामी आवमा कार्यान्वयन हुने नयाँ, क्रमागत, अध्ययन र विशेष परिस्थितिका आयोजना सम्बन्धित मन्त्रालय वा निकायले इन्ट्री गर्न पाउने अवधि १३ जेठसम्म थप गरिएको आयोगले जनाएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)