ट्राफिक नियमविपरित चलेका सवारी साधनलाई कारबाही गर्दा ४४ लाख राजस्व उठ्यो
himalpress.com · Tue May 19 02:24:49 GMT 2026

काठमाडौँ- जिल्ला ट्राफिक कार्यालय, कास्कीले गत वैशाखमा नियमविपरित सञ्चालित सवारीसाधन कारबाहीबाट ४४ लाख आठ हजार ५०० राजस्व संकलन गरेको छ। यस अवधिमा पाँच हजार २६३ सवारीसाधनका चालक कारबाहीमा परेका कार्यालयका प्रहरी निरीक्षक सुजितकुमार देवकोटाले जानकारी दिए।
ट्राफिक नियम उल्लंघन गरी सञ्चालन भएका सवारीसाधनका चालकलाई कारबाही गर्ने गरिएको उनको भनाइ छ। वैशाख महिनामा २२ सवारीसाधन दुर्घटनामा परेको कार्यालयले जनाएको छ। दुर्घटनामा परी पाँच जनाको मृत्यु भएको र २६ जना घाइते भएका थिए।
स्रोतमा पूरा पढ्नुहोस् (himalpress.com)