‘पहिले खानेपानी हुँदैनथ्यो, अहिले तरकारीखेती विस्तार’
ajakoartha.com · Mon May 18 10:42:00 GMT 2026

काठमाडौं- घोराही उपमहानगरपालिका–१७ कर्जाहीमा छ वर्ष अघिसम्म जलाशय नहुँदा सुक्खापन बढेको थियो । हिउँदमा जहिले पनि इनार, कुँवालगायत पानीका मुहान सुक्ने गर्दछन् । यस क्षेत्रमा सुक्खायाममा खानेपानीको समस्या हुने गरेको स्थानीय ७८ वर्षीय कालीचरण चौधरीले बताए ।
उनका अनुसार गाउँ नजिकैको सामुदायिक वन क्षेत्रमा रहेको सिमसार क्षेत्र संरक्षणका लागि प्रदेश र स्थानीय सरकारको रु एक करोडको लागत र स्थानीयको पहलमा विसं २०७७ मा जलाशय बनेको हो । दुई बिघामा क्षेत्रफलमा फैलिएको यो जलाशयको गहिराइ छ मिटर छ । यो जलाशयमार्फत सिँचाइ सुविधा पुग्न थालेपछि ‘पहिले खानेपानी हुँदैनथ्यो, अहिले तरकारीखेती विस्तार’ ले गति लिएको स्थानीय बताउँछन् ।
स्रोतमा पूरा पढ्नुहोस् (ajakoartha.com)