अर्थतन्त्रमा बढ्दो दबाब : सार्वजनिक ऋण ३० खर्ब नजिक, १० महिनामै थपियो झन्डै ४ खर्ब
aarthiknews.com

काठमाडौँ । मुलुकको सार्वजनिक ऋण दायित्व ३० खर्ब रुपैयाँ नजिक पुगेको छ। चालु आर्थिक वर्ष २०८२-८३ को बैशाख मसान्तसम्म सार्वजनिक ऋण २९ खर्ब ७५ अर्ब ४ करोड रुपैयाँ पुगेको सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले जनाएको छ । बैशाख मसान्तसम्ममा आन्तरिक तथा बाह्य दुवै स्रोतबाट थप ऋण परिचालनसँगै कुल दायित्व बढेको हो ।
चालु आर्थिक वर्ष सुरु हुँदा कुल सार्वजनिक ऋण २६ खर्ब ७४ अर्ब ४ करोड रुपैयाँ रहेको थियो । दश महिनाको अवधिमा विनिमय दरमा भएको नोक्सानीसहित कुल ऋण दायित्व ३ खर्ब ९९ करोड रुपैयाँ भन्दा बढीले बढेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (aarthiknews.com)