प्रधानन्यायाधीशमा सिफारिस शर्माको संसदीय सुनुवाइ सकियो, आजै सिफारिस अनुमोदन हुने
nepalviews.com · Tue May 19 10:03:52 GMT 2026

काठमाठौं । सर्वोच्च अदालतको प्रधानन्यायाधीशमा सिफारिस मनोज शर्माको संसदीय सुनुवाइ सकिएको छ । संवैधानिक परिषद्ले गरेको सिफारिसमाथि संसद्को संयुक्त सुनुवाइ समितिमा सुनुवाइ गर्नुपर्ने व्यवस्था छ । संसदीय सुनुवाइबाट सिफारिस भए राष्ट्रपतिले शर्मालाई प्रधानन्यायाधीश नियुक्त गर्नेछन् ।
१५ सदस्यीय सुनुवाइ समितिमा सत्तारूढ दल रास्वपाको स्पष्ट बहुमत भएकाले उनको सिफारिस अस्वीकृत हुने अवस्था छैन । सिफारिस अस्वीकृत गर्न दुईतिहाइ बहुमत चाहिन्छ । रास्वपा नेतृत्वको सरकारको संवैधानिक परिषद्ले वरीयता मिचेरै शर्मालाई प्रधानन्यायाधीश सिफारिस गरेको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalviews.com)