वीरगन्ज महानगरका सबै कामकाज बन्द गरी मन्त्रालयलाई साँचो बुझाउने जनप्रतिनिधिहरुको निर्णय
annapurnapost.com · Tue May 19 06:51:18 GMT 2026

वीरगन्ज : वीरगन्ज महानगरपालिकामा प्रमुख प्रशासकीय अधिकृतको सरुवाको विषयलाई लिएर करिब तीन महिनादेखि चल्दै आएको विवाद झन चर्किएको छ । तत्कालीन सुशीला कार्की नेतृत्वको सरकारको मन्त्रिपरिषद् बैठकले २०८२ फागुन १२ गते सहसचिव रेशमलाल कँडेललाई वीरगन्ज महानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतका रूपमा खटाउने निर्णय गरेको थियो ।
तर सरकारले महानगरको सहमति बेगर पठाएका कँडेल अढाई महिनापछि मात्रै मन्त्रालयबाट रवाना लिएर आएको भन्दै मेयर राजेशमान सिंहले उनलाई हाजिर गराउन नमानेपछि विवाद झन् चर्किएको हो । त्यहि विषयलाई लिएर सोमबार महानगरमा बसेको मेयर, उपमेयर र वडाध्यक्षहरुसहितको बैठकले महानगरका सम्पूर्ण सेवा बन्द गरी महानगरको साँचो संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई बुझाउने निर्णय गरेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)