झरी पर्नासाथ मलाई मेरो क्षेत्रको गाउँहरुको चिन्ता हुन्छ : निश्कल राई
annapurnapost.com · Tue May 19 06:42:28 GMT 2026

काठमाडौं : नेपाली कांग्रेसका सांसद निश्कल राईले पानी पर्यो कि आफूलाई आफ्नो जिल्ला इलामका पहिरोग्रस्त गाउँहरुको चिन्ता हुने गरेको बताएका छन् । प्रतिनिधिसभाको आजको वैठकको शून्य समयमा बोल्दै सांसद राईले थोरै पानी पर्दा पनि आफूलाई इलामको जमुना, समाल्बुङ, गोर्खे, प्याङलगायतको पीर हुने गरेको बताए ।
उनले गत वर्षको असोज २८ र २९ गतेको विपदले इलाममा ३९ जनाले ज्यान गुमाएको, ७११ परिवार विस्थापित, ९४० घरमा क्षति पुगेको जानकारी गराउँदै अन्य भौतिक पूर्वाधारमा क्षति पुगेको बताए । सांसद राईले मुख्य सडक यातायातमा पनि समस्या रहेको जानकारी गराए ।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)