दिउँसै लाल्टिन बालेर बार एशोसिएसनले गर्यो विरोध प्रदर्शन
annapurnapost.com · Tue May 19 09:18:23 GMT 2026

काठमाडौं : सर्वोच्च अदालत प्रशासनले न्यायिक प्रक्रियामा अवरोध सिर्जना गरेको भन्दै नेपाल बार एशोसिएसनले लाल्टिन बालेर विरोध प्रदर्शन गरेको छ । संवैधानिक महत्वका रिट निवेदन दर्ता नगरी सर्वोच्च प्रशासनले न्यायिक प्रक्रियामा अवरोध सिर्जना गरेको नेपाल बारले दिउँसै लाल्टिन बालेर विरोध प्रदर्शन गरेको हो ।
विरोध प्रदर्शनमा उत्रिएका कानुन व्यवसायीहरुले न्यायको खोजी, स्वच्छ प्रक्रियाको खोजी लेखिएका प्लेकार्ड प्रदर्शन गरेका थिए । नेपाल बार एशोसिएसनका अध्यक्ष प्रा. डा. विजयप्रसाद मिश्रले सबैका लागि खुला हुनुपर्ने अदालतभित्रै मुद्दा दर्ता नगर्ने, अल्झाएर राख्ने कामको सदैव बारले विरोध गर्ने बताए ।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)