मानव वन्यजन्तु द्वन्द्व अन्त्यका लागि २० वडामा नमुना परियोजना सुरु गरिने
annapurnapost.com · Tue May 19 09:25:47 GMT 2026

काठमाडौं : मानव वन्यजन्तु द्वन्द्व व्यवस्थापनका लागि प्राविधिक समिति (टास्क फोर्स) गठन गरिएको छ। कृषि, वन तथा पर्यावरण मन्त्री गीता चौधरीको पहलमा वन्यजन्तुबाट हुने क्षति नियन्त्रण, नीति तथा कार्यक्रम सुधार र स्थानीय तहमा प्रभावकारी कार्यान्वयनका लागि प्राविधिक समिति (टास्क फोर्स) गठन भएको हो।
मानव–वन्यजन्तु द्वन्द्व व्यवस्थापन विशेषज्ञको संयोजकत्वमा १५ सदस्यीय टास्क फोर्स गठन गरिएको हो। टास्क फोर्सले वन्यजन्तुबाट हुने क्षतिको अध्ययन–अनुसन्धान, वर्तमान अवस्थाको समीक्षा तथा आवश्यक नीति र कानुन संशोधनका लागि सिफारिस गर्नेछ।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)