नेयमारलाई समेट्दै ब्राजिलको विश्वकप–२०२६ खेल्ने टोली घोषणा
annapurnapost.com · Tue May 19 09:55:22 GMT 2026

काठमाडौं : फिफा विश्वकप–२०२६ का लागि ब्राजिलले आफ्नो टोली घोषणा गरेको छ । टोलीका मुख्य प्रशिक्षक कार्लो एन्सेलोटीले ब्राजिलका सुपरस्टार नेयमारलाई समेट्दै टोलीको नामावली सार्वजनिक गरेका हुन् ।
प्रशिक्षक एन्सेलोटीले २६ सदस्यीय अन्तिम टोली घोषणा गरेको हो । क्यानडा, अमेरिका र मेक्सिकोमा संयुक्त रुपमा आयोजना हुने यस विश्वकपमा स्थान बनाउँदा नेयमारले चौंथो पटक विश्वकप खेल्न लागेका हुन् । उनीसँगै विनिसियस जुनियर, राफिन्हा जस्ता स्टारले पनि ब्राजिलबाट विश्वकप खेल्ने अन्तिम २६ को टोलीमा स्थान बनाएका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)