आफ्नै ‘लिगेसी’ छाड्दै विपीन कार्की (भिडियोसहित)
baahrakhari.com · Tue May 19 10:25:00 GMT 2026

काठमाडौं । कुनै समय अभिनेता विपीन कार्की सिनेमाको चरित्र खोज्न कि सहर पस्थे कि गाउँ । सहरको कथा भए सहरका गल्ली, चोक, मन्दिर र पाटीहरूतिर भौँतारिन्थे । गाउँका कथा भए दूरदराजका बस्तीतिर छिर्थे ।
‘पशुपतिप्रसाद’मा गरेको ‘भष्मे डन’को क्यारेक्टर होस् वा ‘कालो पोथी’मा गरेको दलितको चरित्र । ‘भष्मे डन’को क्यारेक्टर गर्दा उनले निर्माण टिमलाई ढाँटेर टोनको ‘टेक्स्चर’ दिएका थिए । ‘कालो पोथी’मा गाउँले गरिब दलितको चरित्रमा देखिँदा उनी तीन महिना ननुहाई र लुगा नफेरी बसे । कपाल र लुगामा जुम्रा नै पर्यो ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)