तीव्र गतिमा सुनुवाइ सकियो नि भन्ने पत्रकारको प्रश्नमा समिति सभापति श्रेष्ठले दिए यस्तो जवाफ
shilapatra.com · Tue May 19 10:37:33 GMT 2026

संसदीय सुनुवाइ समितिले प्रस्तावित प्रधानन्यायाधीश मनोजकुमार शर्मालाई सर्वसम्मत अनुमोदन गरेको छ । मंगलबार बसेको संसदीय सुनुवाइ समितिको बैठकले शर्माको नाम सर्वसम्मत अनुमोदन गरेको हो ।
एकै दिनमा सुनुवाइ सकेर नाम अनुमोदन गरिएको बारे समिति सभापति बोधनारायण श्रेष्ठलाई पत्रकारहरूले प्रश्न सोधेका थिए । जवाफमा श्रेष्ठले भने, 'सबै काम देशमा छिटोछिटो भएको छ, यो पनि छिटो भयो । यसले समितिको क्षमताको पनि मापन भएको छ ।'
स्रोतमा पूरा पढ्नुहोस् (shilapatra.com)