मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

विनयी त्रिवेणीमा हावाहुरी र असिनापानीले धानबालीमा क्षति (तस्बिरहरू)

ratopati.com · Fri Jun 12 06:13:50 GMT 2026

नवलपरासी । नवलपुर विनयी त्रिवेणी गाउँपालिका–१ को बगुवन र सिसेनी क्षेत्रमा हावाहुरीसहितको वर्षाले भित्राउने तयारीमा रहेको धानबालीमा ठुलो क्षति पुर्‍याएको छ । बगुवन र सिसेनी क्षेत्रमा ६३ घरपरिवार हावाहुरीबाट प्रभावित भएका छन् भने काटेर भित्र्याउने तयारीमा रहेको चैते धान खेतमै भिजेको छ ।

बगुवन क्षेत्रमा विगत ५० वर्षदेखि बसोबास गर्दै आएकी मिना विकले खेतमा काटेर भित्राउने तयारीमा राखेको धान भिज्नुका साथै हावाहुरीले घरको छाना उडाउँदा धान, चामल र लत्ताकपडा समेत भिजेको बताइन् ।

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)