१९७४ एडीको फेसबुक पेज ह्याक
ekantipur.com · Tue Mar 12 17:18:59 GMT 2024
काठमाडौँ — चर्चित रक सांगीतिक समूह '१९७४ एडी' को आधिकारिक फेसबुक पेज साइबर आक्रमणको निशानामा परेको छ । आफूलाई बंगलादेशी मुस्लिम ह्याकरहरूको समूह बताउने 'साइबर क्रिमिनल फोर्स' ले मंगलबार साँझ ९ बजेतिर ब्यान्डको फेसबुक पेज कब्जामा लिएको देखिन्छ ।
झण्डै १ लाख २१ हजार फलोअर रहेको ब्यान्डको पेजमा आफूलाई ह्याकर बताउने समूहले गएको एक घण्टामा बंगाली र अङ्ग्रेजी भाषामा ३२ वटाभन्दा बढी पोस्ट गरिसकेको छ । केही समय फेसबुक लाइभसमेत गरेका ह्याकरहरूले कभर फोटो र डिस्प्ले इमेजसमेत परिवर्तन गरेको देखिन्छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)