लुम्बिनी विकास बैंकद्वारा कीर्तिमानी आरोही शेर्पा सम्मानित
abhiyandaily.com
काठमाडौं (अस) । लुम्बिनी विकास बैंकले कीर्तिमानी सगरमाथा आरोही कामिरिता शेर्पालाई सम्मान गरेको छ । २६औं पटक सगरमाथाको सफल आरोहण सम्पन्न गरेर विश्व कीर्तिमान राख्न सफल भएका आरोही शेर्पालाई बैंकले सम्मान गरेको हो । शेर्पाले २६औं पटक सगरमाथा आरोहणका क्रममा बैंकको लोगो सगरमाथाको चुचुरोमा पुर्याएका थिए । उनलाई बैंकको १५औं वार्षिकोत्सवको अवसरमा सम्मान गरिएको हो । आरोही शेर्पा लुम्बिनी विकास बैंकमा दुई दशकदेखि निरन्तर रूपमा आबद्ध रहेको बैंकले बताएको छ । बैंकले सातओटै प्रदेशमा ८६ ओटा शाखामार्फत सेवा प्रवाह गर्दै आएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (abhiyandaily.com)