भारतीय सहयोगमा कालीकोटमा विद्यालय भवन निर्माण सुरु
nepalviews.com · Fri Jun 12 06:15:44 GMT 2026

काठमाडौं । कर्णाली प्रदेशको कालीकोट जिल्लास्थित सान्नीत्रिवेणी गाउँपालिका–४ मा रहेको जनज्योति माध्यमिक विद्यालयको नयाँ भवन निर्माणका लागि शिलान्यास गरिएको छ।
नेपालस्थित भारतीय राजदूतावासका अनुसार भारत सरकारको करिब ९ करोड ३० लाख रुपैयाँ आर्थिक सहयोगमा विद्यालय भवन निर्माण हुन लागेको हो। उच्च प्रभाव सामुदायिक विकास परियोजना (एचआईसीडीपी) अन्तर्गत निर्माण हुने उक्त भवनको कार्यान्वयन सान्नीत्रिवेणी गाउँपालिकामार्फत गरिनेछ। यो कालीकोट जिल्लामा सञ्चालन हुन लागेको पहिलो उच्च प्रभाव सामुदायिक विकास परियोजना हो।
स्रोतमा पूरा पढ्नुहोस् (nepalviews.com)
काठमाडौँ