मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

विद्यार्थीका मोबाइल नष्ट गर्ने पात्रहरूबारे सोच्नपर्छ : सांसद यादव

shilapatra.com · Fri Jun 12 06:19:16 GMT 2026

नेकपाका सांसद जोगकुमार बरबरिया यादवले सिराहामा एसईईका परीक्षार्थीहरूका मोबाइल नष्ट गर्नेहरूलाई कारबाही गरन् माग गरेका छन् । उनले मोबाइल र घडी नष्ट गर्ने काम बुद्धिमानी हो र भन्दै प्रश्न पनि गरे ।

शुक्रबार प्रतिनिधिसभाको बैठकमा उनले मोबाइल र घडी नष्ट गर्ने पात्रबारेमा सोच्नुपर्ने बताए ।

‘भर्खरै सिराहा जिल्लामा परीक्षामा ४९६ मोबाइल र घडी नष्ट गरिएको छ । नष्ट गर्ने बुद्धिमानीको काम हो कि के हो ? त्यो पात्रलाई के गर्नुपर्छ ? देशको अर्थस्थिति डामाडोल छ । यस्तो अवस्थामा करोडौँको मोबाइल नष्ट गरेको छ । त्यो पात्रलाई अलि सोच्नुपर्छ,’ उनले भने ।

प्रकाशित मिति: शुक्रबार, जेठ २९, २०८३

१२:०४

स्रोतमा पूरा पढ्नुहोस् (shilapatra.com)