पिएलओद्वारा आइपिओ जारीका लागि सम्झौता
ekagaj.com · Thu Feb 02 16:17:23 GMT 2023
सुन्दरहरैँचा- मोरङको सुन्दरहरैँचामा रहेको पूर्वाञ्चल ल्युब आयल लिमिटेड (पिएलओ) ले आइपिओ जारी गर्ने गरी प्रभु क्यापिटल लिमिटेडलाई बिक्री प्रबन्धकमा नियुक्त गरेको छ ।
कूल पाँच लाख कित्ता सेयर जारी गर्नका लागि कम्पनीले प्रभु क्यापिटललाई सेयर निष्काशन तथा बिक्री प्रबन्धक नियुक्त गरेको हो । पिएलओका तर्फबाट प्रबन्ध निर्देशक भोलेश्वर दुलाल तथा प्रभु क्यापिटलबाट प्रबन्ध सञ्चालक दिनेश थकालीले सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (ekagaj.com)