बाढीले क्षतिग्रस्त खानेपानको संरचना मर्मत
annapurnapost.com · Thu Jul 17 16:14:04 GMT 2025

नुवाकोट : दुई साता अगाडि बाढीले बगाएको विदुर खानेपानीको मुहान सुरक्षाकर्मी परिचालन गरेर मर्मत गरिएको छ। बाढी र पहिरोले ठूलो उपकरण लैजान नसकेपछि सुरक्षाकर्मीसहितको टोलीले बिहीबार नुवाकोटको सदरमुकाममा आपूर्ति गर्दै आएको पिउने पानीको मुहान मर्मत गरेर टयांकीमा पानी पठाइएको छ।
फलाखु खोलामा आएको बाढीको कारण विदुर नगरपालिका-१० स्थित महभीरमुनि रहेको विदुर खानेपानीको मुहानको संरचनामा क्षति पुर्याएको थियो। बाढी तथा पहिरोले क्षति बनाएको मुहानमा पुगेर ३५ जना नेपाली सेना, १० जना नेपाल प्रहरी, १५ जना सशस्त्र प्रहरी, जनप्रतिनिधि, प्राविधिक, कामदार, खानेपानीका सम्पूर्ण संयन्त्र पुगेर क्रेट जाली हालेर बाँध बनाउनुका साथै कुलोसमेत खनिएको विदुर खानेपानी उपभोक्ता समितिका अध्यक्ष सञ्जीव बहादुर श्रेष्ठले बताए।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)