मुख्य सामग्रीमा जानुहोस्

समाचार

मनोरञ्जन

पनौतीमा पाँच कवि सम्मानित

hamrakura.com · Sun Feb 26 00:00:00 GMT 2023

काभ्रे । काभ्रेको पनौतीमा शनिबार पाँच कविलाई सम्मान गरिएको छ । अक्षरमाला साहित्यिक संस्थाद्वारा आयोजित वसन्त काव्यगोष्ठी, कवि सम्मान तथा पुस्तक विमोचन कार्यक्रममा कवि रविन्द्र आशिष शैली, ध्रुवनारायण जोन्छें, सिता विष्ट कार्की, श्रीराम राई र बसन्त नकर्मीलाई सम्मान गरिएको थियो । उनीहरुलाई प्राडा विष्णु एस राईले नगदसहित सम्मान गरेका हुन् ।

यस्तै गोष्ठीमा स्थानीय कवि मीरा पौडेलको ‘देखेको कथा’ र सुभद्रा दाहालको ‘मनको आँखा’ नामक पुस्तकको पनौतीका नगर प्रमुख रामशरण भण्डारीले लोर्कापण गरेका छन् । सो अवसरमा विभिन्न स्थानबाट आएका तीन दर्जन कविले आ–आफ्ना काव्य वाचन गरेका थिए । काव्य वाचकलाई पनि सम्मान गरिएको थियो ।

स्रोतमा पूरा पढ्नुहोस् (hamrakura.com)