सीमा विवादबारे परराष्ट्रमन्त्रीले भारतमा कुनै आवाज उठाउनु भएन : खुश्बु ओली
annapurnapost.com · Fri Jun 12 06:19:15 GMT 2026

काठमाडौं : राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) कि सांसद खुश्बु ओलीले परराष्ट्रमन्त्री शिशिर खनालले आफ्नो भारत भ्रमणमा नेपाल–भारत सीमा विवादको कुरा औपचारिक रुपमा कहिँ नउठाएको आरोप लगाएकी छिन् । प्रतिनिधिसभाको आजको बैठकमा बोल्दै सांसद ओलीले नेपाली पक्षले निकालेको प्रेस नोटमा सीमा विवादबारे एक शब्द पनि ननिकालिएको बताइन् ।
उनले भ्रमण सकिएपछि दिल्लीमा परराष्ट्रमन्त्रीले बन्द कोठामा केहि कुरा उठाएको बताइन् । उनले परराष्ट्रमन्त्री काठमाडौं फर्किएपछि एउटा प्रेस नोट दिएको भए पनि त्यसमा पनि सीमाको विषयमा एक शब्द पनि उल्लेख नभएको बताइन् । पत्रकारले सोधेपछि केहि सामान्य विषय बोलेको र संसदमा पनि सीमा विवादको विषयमा परराष्ट्रमन्त्रीले जवाफ नदिएको उनले बताइन् ।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)