बस-मोटरसाइकल ठोक्किँदा चालकको मृत्यु
hamrakura.com · Fri Jun 12 00:00:00 GMT 2026
पोखरा । मुस्ताङमा बिहीबार साँझ बसले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन्।
मुक्तिनाथबाट पोखरातर्फ आउँदै गरेको ग २ ख ८३ नम्बरको यात्रुवाहक बसले थासाङ गाउँपालिका-३ लेतेबाट टुकुचेतर्फ आउँदै गरेको ग ७ प ५०२० नम्बरको मोटरसाइकललाई थासाङ-२ कोखेठाँटी नजिक राजमार्गको मोडमा ठक्कर दिएको जिल्ला प्रहरी कार्यालय मुस्ताङले जनाएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (hamrakura.com)