मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

टाइटानिकनजिक पनडुब्बी दुर्घटना

ekantipur.com · Sat Jun 24 01:04:16 GMT 2023

बोस्टन — एक शताब्दीअघि दुर्घटनाग्रस्त भएको टाइटानिक पानीजहाजको अवशेष हेर्न आन्ध्र महासागर गएको पनडुब्बी दुर्घटना हुँदा पाँच यात्रीको मृत्यु भएको छ । गत आइतबार यात्रा सुरु गरेको १ घण्टा ४५ मिनेटमै सम्पर्कविहीन भएको पनडुब्बी दुर्घटनामा परेको बिहीबार पुष्टि भएको हो ।

पोलार प्रिन्स जहाजसँग सम्पर्क टुटेको टाइटन नामक पनडुब्बीमा चार दिनका लागि मात्र अक्सिजन बाँकी रहेको विशेषज्ञले अनुमान गरेका थिए । पनडुब्बीको खोजी अमेरिकाको बोस्टनबाट गरिएको थियो । टाइटानिकको अवशेष क्यानडाको न्युफाउन्डल्यान्डस्थित सेन्ट जोन्सको दक्षिणतर्फ ७ सय किलोमिटर पर रहेको बताइएको छ । खोजीका क्रममा ल्यान्डिङ फ्रेमको टुक्रा देखिएपछि पनडुब्बी दुर्घटनामा परेको पुष्टि गरिएको हो ।

स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)