मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

माधव नेपालको गृहजिल्ला रौतहट पुगेर ओलीले भने- एमाले होइन, माधव नेपाल कुहिएको फर्सी हुन्

nayapatrikadaily.com · Sat May 07 00:18:00 GMT 2022

एमाले अध्यक्ष केपी ओलीले ५० वर्षअघि आफूले माधव नेपाललाई राजनीतिमा ल्याएको दाबी गरेका छन् । रौतहटको चन्द्रनिगाहपुरमा शुक्रबार आयोजित चुनावी सभालाई सम्बोधन गर्दै उनले पटक–पटक लाभ लिएर माधवले अन्तिममा धोका दिएको बताए ।

‘५० वर्षअघि विराटनगरको महेन्द्र–मोरङ कलेजमा पढ्दै गर्दा मैले माधव नेपाललाई भेटेको थिएँ । उनलाई सम्झाएर, बुझाएर राजनीतिमा पूर्णकालीन कार्यकर्ता बनाएर पार्टीको प्रमुख जिम्मेवारीमा राखेँ,’ नेता नेपालको गृहजिल्लामा ओलीले भने, ‘उनलाई तीन–तीनपटक पार्टीको प्रमुख बनाइयो, सांसद, प्रधानमन्त्री बनाइयो । तर, एउटा कुलंगार जन्मिएको रहेछ ।’

स्रोतमा पूरा पढ्नुहोस् (nayapatrikadaily.com)