निरन्तर तेस्रो पटक शून्य बेरुजु बन्न सफल महाभारत गाउँपालिका
kendrabindu.com · Tue May 19 11:02:36 GMT 2026

धुलिखेल (काभ्रेपलाञ्चोक) । काभ्रेपलाञ्चोकको डाँडापारिस्थित महाभारत गाउँपालिकामा यसवर्ष पनि शून्य बेरुजु पालिका बन्न सफल भएको छ । आर्थिक वर्ष २०८१/८२ को लेखापरीक्षण प्रतिवेदनअनुसार महाभारत गाउँपालिकामा एक अर्ब १३ करोड ७१ लाख ९० हजार रुपैयाँको लेखापरीक्षण गरिएको थियो ।
यसअघिको दुई आवमा पनि निरन्तर शून्य बेरुजु कायम राख्न सफल भएकामा पालिकाले यो तेस्रोपटक शून्य बेरुजु बनाउन सफल भएको हो । महाभारत गाउँपालिका अध्यक्ष कान्छालाल जिम्बाले सङ्घीय, प्रदेश र स्थानीय सरकारले बनाएको ऐन, कानुन र गाउँसभाले पारित गरेको बजेटलाई कार्यान्वयन गर्दै आउने क्रममा पालिकालाई शून्य बेरुजु बनाउन सफल भएको बताए ।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)