मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

धितोपत्र बोर्डको अध्यक्ष बन्न चार जना अन्तिम सूचीमा

annapurnapost.com · Tue May 19 10:53:28 GMT 2026

काठमाडौं : नेपाल धितोपत्र बोर्डको अध्यक्षमा नियुक्तिका लागि चार जना सर्टलिस्टमा परेका छन्।

सिफारिस समितिले डा. नवराज अधिकारी, विनयदेव आचार्य, मुकुन्द कुमार क्षेत्री र डा. गोपाल प्रसाद भट्टलाई सर्टलिस्ट गरेको हो।

गत वैशाख १५ गते आवेदन आह्वान गरेको र ४७ जनाले आवेदन दिएकोमा चार जनालाई सर्टलिस्टमा राखिएको सिफारिस समितिले जनाएको छ।

सिफारिस समितिले चारैजनासँग छलफल गर्ने भएको छ। अर्थ मन्त्रालयमा शुक्रबार उनीहरूसँग एक्लाएक्लै छलफल गर्ने सिफारिस समितिले जनाएको छ।

स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)