कर्णालीमा महिला मृत फेला
gorkhapatraonline.com · Tue May 19 11:01:07 GMT 2026

बाजुरामा एक जना महिला मृत फेला पर्नुभएको छ । मृत हुनेमा जिल्लाको जगन्नाथ गाउँपालिका –५ का ३५ वर्षीया लालचुला बुढा शाही मृत फेला पर्नुभएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ ।
बुढा शाही गत वैशाख २७ घरदेखि वेपत्ता रहनुभएको थियो । श्रीमानसँग सामान्य झगडा भई घरबाट माइतीघर जान्छु भनेर गएकी बुढा शाही आज कर्णाली नदीको किनारमा मृत फेला पर्नुभएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी नरेशबहादुर शाहीले बताउभुयो ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)