भिजिट भिसामा सिंगापुर हिँडेका पाँच जनालाई अध्यागमनले रोक्यो
annapurnapost.com · Fri Aug 26 17:14:00 GMT 2022
काठमाडौं : सिंगापुर हिँडेका पाँच जनालाई त्रिअबि अध्यागमन कार्यालयले प्रस्थान अनुमति दिन अस्वीकार गरेको छ। भिजिट भिसामा थाइल्यान्ड हुँदै सिंगापुर हिँडेका पाल्पाका मनिष बहादुर लामिछाने, झापाका जनक अधिकारी र कृष्ण चौधरी, रुपन्देहीका चन्द्रबहादुर बगाले र गुल्मीका इन्द्रबहादुर बिस्टलाई अफलोड गरेको अध्यागमन कार्यालयले जनाएको छ।
भिजिट भिसामा सिंगापुर हिँडेका उनीहरुले भ्रमणको उद्देश्य स्पष्ट पार्न नसकेको अध्यागमनका कर्मचारीहरुले बताएका छन्। 'भिजिट भिसामा सिंगापुर जान लाग्नुभएका उहाँहरुले भ्रमणको उद्देश्य स्पष्ट पार्न सक्नुभएन। सम्बन्धित कागजात पनि पेस गर्न सक्नुभएन। जसका कारण प्रस्थान अनुमति दिइएन,' एक कर्मचारीले भने।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)