माओवादी केन्द्रको नवनिर्वाचित केन्द्रीय कमिटीविरुद्ध ‘बा’ शब्दसहित गोकुल बाँस्कोटाको कटाक्ष
nepalkhabar.com · Mon Jan 03 00:12:37 GMT 2022
सर्वाेच्च अदालतको फैसलाले प्रधानमन्त्री पदबाट बर्खास्त भएपछि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली बालुवाटार (प्रधानमन्त्रीको सरकारी निवास) बाट बालकोट (निजी निवास) फर्किन पर्यो। तर त्यसबेला उनी निराश भएर होइन, अघिपछि युवा (युवा संघका नेता/कार्यकर्ता) को हुल लगाएर तामझामका साथ गएका थिए। सम्भवतः त्यही बेलादेखि उनलाई एमाले कार्यकर्ताले ‘बा’ भनेर सम्बोधन गर्ने गरेको कुरा आम रूपमा थाहा भएको हो।
त्यसपछि गत मंसिरमा एमालेको आठौं महाधिवेशनका बेला आलोचकहरूले ‘बा’ शब्दको प्रयोगलाई अझ व्यापक बनाए। अहिले पनि ओलीविरुद्ध टिप्पणी गर्नेले यो शब्द प्रयोग गर्न छाडेका छैनन्। अन्य नेताको हैकमको आलोचना गर्दा पनि बिस्तारै ‘बा’ शब्दकै प्रयोग गर्न थालिएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalkhabar.com)