डाक्टरको सिफारिसबिना औषधि बेचेको आरोपमा बनेपाका २ मेडिकल सञ्चालकसहित ४ जना पक्राउ
onlinekhabar.com · Fri Jun 12 06:22:08 GMT 2026

२९ जेठ, काभ्रेपलाञ्चोक । डाक्टरको सिफारिसबिना औषधि बिक्री–वितरण गरेको आरोपमा काभ्रेपलाञ्चोकको बनेपाबाट दुई औषधि पसलका सञ्चालकसहित चार जना पक्राउ परेका छन् ।
जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकका अनुसार बनेपा नगरपालिका–७ चारदोबाटोस्थित नातीकाजी प्लाजामा रहेका दुई फार्मेसीमा अनुगमनका क्रममा चिकित्सकको सिफारिसविना औषधि बिक्री भइरहेको फेला परेपछि उनीहरूलाई नियन्त्रणमा लिइएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)