हर्क साम्पाङको प्रश्न : ‘नेपालको रक्षा मन्त्री को हो, संसद्मा ल्याइदिनुपर्यो’
nepalviews.com · Fri Jun 12 06:29:34 GMT 2026

काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले नेपाल–भारत सीमासम्बन्धी विषयमा सरकारको ध्यानाकर्षण गराएका छन् । शुक्रबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले प्रधानमन्त्रीले सीमाबारे विवादास्पद अभिव्यक्ति दिएको भन्दै त्यसको विरोधमा आफूले प्लेकार्ड प्रदर्शन गरेको ११ दिन बितिसक्दा पनि प्रधानमन्त्री संसद्मा उपस्थित नभएको टिप्पणी गरे ।
उनले भने, ‘प्रधानमन्त्रीज्यूले सीमाबारे विवादित अभिव्यक्ति दिइसकेपछि प्लेकार्ड लिएर विरोध गरेको पनि आज ११ दिन भइसकेको छ । ११औँ दिनमा पनि उहाँ संसद्मा आउने छाँटकाँट देखिएन ।’
स्रोतमा पूरा पढ्नुहोस् (nepalviews.com)
काठमाडौँ