घरबारविहीन परिवारलाई भूकम्प प्रतिरोधी घर
annapurnapost.com · Fri Jun 12 06:25:53 GMT 2026

सुनसरी : खोटाङको हलेसी तुवाचुङ नगरपालिका–१० अर्खौले नागीका १२ वर्षदेखि घरबारविहीन अवस्थामा जीवन बिताइरहेका टेकबहादुर सार्की र उनकी श्रीमती सरिता सार्कीले अब आफ्नै सुरक्षित घरमा बस्ने अवसर पाएका छन्। हलेसी तुवाचुङ नगरपालिकाले निर्माण गरेको भूकम्प प्रतिरोधी घर शुक्रबार परिवारलाई हस्तान्तरण गरेको छ।
विगत लामो समयदेखि आफ्नै बसोबासको व्यवस्था नभएका सार्की दम्पती छिमेकीको घरमा आ श्रय लिएर जीवनयापन गर्दै आएका थिए। आर्थिक अवस्था कमजोर भएका कारण घर निर्माण गर्न नसकेका उनीहरूको परिवारले विभिन्न कठिनाइ भोग्दै आएको थियो।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)