ऊर्जामन्त्री भुसालका ५ महिना
ekantipur.com · Sat Dec 25 01:35:45 GMT 2021
काठमाडौँ — आफूले पाँच महिनामा गरेका कामको जानकारी र अबको कार्यदिशा सार्वजनिक गर्ने भन्दै ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले शुक्रबार मन्त्रालयमा पत्रकार सम्मेलन गरिन् । उनले विद्युत् महसुल केही घटाएर उपभोक्तालाई राहत दिएको र भारतमा विद्युत् बेच्न बाटो खुलेको विषयलाई पाँचमहिने उपलब्धिका रूपमा देखाइन् ।
यसबाहेक विद्युत् खपत बढाउने योजना आफ्नो प्राथमिकतामा रहेको र त्यसका लागि केही महत्त्वपूर्ण कदम चालिएको पनि उनले जानकारी गराइन् । तर मन्त्रालय तथा मातहतका निकायभित्रका नीतिगत विषयमाथिको उनको धारणा भने स्पष्ट देखिएन । महत्त्वपूर्ण नीतिगत निर्णय र विवादास्पद विषयमाथिको उनको अभिव्यक्ति अनि कार्यशैली दुवै तटस्थ देखिए । अर्थात्, ‘केही नबोल्ने, केही निर्णय पनि नगर्ने ।’
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)