मिचेल स्टार्क : ४ ओभरमा ६० रन दिने महंगा बलर
ekagaj.com · Sun Nov 14 16:52:26 GMT 2021
काठमाडौँ - मिचेल स्टार्क क्रिकेटमा परिचित नाम हो । अष्ट्रेलियाका नम्बर एक बलर स्टार्क क्रिकेटका तीन वटै फर्म्याटमा फिट बलर पनि हुन् । निकै तीव्र गतिमा बलिङ गर्ने स्टार्क टी–ट्वान्टी विश्वकप क्रिकेटको फाइनलमा भने न्युजिल्यान्डविरुद्ध निकै महंगा साबित भए ।
उनले चार ओभरमा ६० रन खर्चिए । कुनै विकेट लिन सकेनन् । उनले चार ओभरमा पाँच रन ‘सिंगल’ दिए । नौ चौका दिए । एक छक्का दिए । स्टार्कले एक ‘वाइड’ र एक ‘नो बल’ पनि फ्याँके । उनको ‘नो बल’मा न्युजिल्यान्डका कप्तान केन विलियम्सनले चौका हानेका थिए ।
स्रोतमा पूरा पढ्नुहोस् (ekagaj.com)